नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक अहिले बिहान ९:३० बजेका लागि बोलाइएको छ ।

पार्टीमा जारी विवाद समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ । यसअघि सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुले कार्यदललाई वैधानिक मान्यना दिइनुपर्ने विषय उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो ।

शुक्रबार मात्रै नेकपाका अध्यक्षद्वयले कार्यदलमार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । पौडेल नेतृत्वको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।कार्यदलले पार्टीभित्रको विवाद समाधानका लागि शनिबारदेखि नै गृहकार्य अघि बढाइसकेको छ ।

गत साउन ४ गतेदेखि हुन नसकेको पार्टी सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार शूर्य थापाले जानकारी दिनुभयो ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment