सिन्धुपाल्चोक पहिरो : ५ को शव भेटियो, ३३ अझै बेपत्ता

चौतारा । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

पहिरोमा परेकामध्ये अझै ३१ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

 

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली शुक्रबार नै सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदिमा गएको पहिरोस्थल गई त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

सभामुखको पहलमा ५ जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौं पठाइएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

‘लिदिमा राहत सामाग्री पनि पुर्याउने काम भइरहेको छ । लिदिमा आज विहान गएको पहिरोले ३७ घर पुरीदा ७ जनाको मृत्यु भएको छ ।३३ जना अझै पुरिएर बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरी र स्थानियले पूरिएकाहरुको खोजिकार्य जारी राखेका छन् ।’ न्यौपानेले भनेका छन् ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment