सिन्धुपाल्चोकमा पहिरो : १५ घर पुरिए, ५ घरका सबै सम्पर्क विहिन

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १५ घर पुरिएको छ । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । १५ जना घाइते भने आफैं निस्किएका छन् ।  पुरिएका ५ घरका सबै सम्पर्क विहिन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानियले जानकारी दिएका छन् । सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।

अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment