सुनको मूल्य तोलामा २४ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२१० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १२९५ रुपैयाँमा कारोबार भएको हो ।

 

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment