भारतमा कोरोना संक्रमित राखेको होटलमा आगलानी हुदाँ सातको मृत्यु

 

काठमाडौं । भारतको आन्ध्र प्रदेशको विजयवाडाको स्वर्ण प्यालेस होटलामा आगलागी भएको छ । कोरोना संक्रमितलाई राख्नका लागि उक्त होटललाई एक निजी अस्पतालले केयर सेन्टरको रुपमा चलाएको थियो ।

आन्ध्र प्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताले सर्ट सर्किटका कारण आगो लागेको बताए। बिहान पाँच बजेर नौ मिनेटमा प्रहरीमा आगो लागेको खबर पुगेको थियो। पाँच मिनेटमा प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीसँगै उद्धार टोली पनि पुगेको थियो।

पाँच बजेर ४५ मिनेटमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। अहिलेसम्म आगलागीमा परेर सात जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेश सरकारका सल्लाहकार राजीव कृष्णाले मुख्यमन्त्रीले आगलागीले प्रभावित भएका व्यक्तिहरुको उपचार र उनीहरुलाई सहयोग गर्ने बचन दिएका छन् ।

विजयवाडा प्रहरी कार्यालयका कमिश्नर बी श्रीनिवासुलुले प्रहरीले अहिले पनि कहाँबाट आएका मानिसहरु उपचारका लागि उक्त होटलमा बसेका थिए भन्ने बारे अनुसन्धान गरिरहेको बताए। आगो लाग्दा उक्त होटलमा ३० जनाभन्दा धेरै मानिस रहेका थिए ।

मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। घटनास्थलमा समयमै पुगेर धेरै मानिसलाई बचाउन सफल भएको दाबी प्रहरीले गरेको छ । आगोबाट बच्नका लागि चार जनाले छतबाट हामफालेका थिए। हालसम्म उनीहरुको बारेमा जानकारी नपाइएको प्रहरीले जनाएको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment