ई-सेवाबाट बैंक खातामा नि:शूल्क रकम पठाउन सकिने

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्म लागू हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा नि:शूल्क रकम पठाउन सकिने व्यवस्था गरेको हो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ई(सेवाबाट टेलिफोन, मोबाइल, खानेपानी महशुलको भुक्तानी, विद्युत महशुलको भुक्तानी, हवाइजहाज, बसको टिकट, रिचार्ज, स्कुल तथा कलेज शूल्क, इन्स्योरेन्स, इन्टरनेट, टेलिभिजन, होटेल तथा अन्य विविध सेवाको भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment