भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि कोरोना भाइरस (कोभिड–१९) का कारण उपकरण जडानलगायत काममा अवरोध पुगेकाले गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

विमानस्थलको भौतिक संरचनाको निर्माण करीब ८५ प्रतिशत सकिएको छ । तर, प्राविधिक कामअन्तर्गत उपकरण जडानको काम बाँकी छ । त्यसैले यो सञ्चालनमा आउन करीब ६ महिना लाग्ने र व्यावसायिक रूपमा सञ्चालनमा आउन झन्डै १ वर्ष लाग्ने देखिन्छ । भौतिक संरचना तयार भइसक्दा पनि कोरोनाको प्रभावले उपकरण जडानलगायत काम प्रभावित हुने भएकाले गौतमबुद्ध विमानस्थलको सञ्चालन मिति केही लम्बिने स्र्रोतले जनाको हो ।

सबै काम सकेर विमानस्थल सञ्चालनमा आउन सन् २०२१ कुर्नुपर्नेे छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment