रौतहटमा कटुवा बन्दुक र तीन थान गोलीसहित दुईजना पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा गढीमाई नपा ६ बागमती पुलनजिक सोमबार अबेर साँझ चेकजाँच गरिरहेको अवस्थामा सर्लाहीबाट भारतीय मोटरसाइकलमा रौतहटतिर आएका सर्लाहीको धनकौल गापा–६ का २६ वर्षीय राजेश महरा र २१ वर्षीय जयनारायण राम पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार दुवैजनाबाट दुई थान मोबाइल र भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद भएको छ । दुवैजनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment