बबरमहलमा शिक्षकहरुको धर्ना.

काठमाडौ । निजि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफूहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गर्नुपर्ने माग राख्दै कोषको कार्यलय बबरमहलमा फाल्गुन १९ गते धर्ना दिएका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को आव्हानमा सम्पन्न उक्त धर्ना कार्यक्रममा राष्ट्रिय समिति लगायत उपत्यकाका तिनै जिल्ला समन्वय समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै इस्टु राष्ट्रिय समिति अध्यक्ष होम कुमार थापाले निजी विद्यालयहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गर्न सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने माग गरेका थिए । थापाले माग पुरा नभएमा निजी विद्यालय संचालकहरुको संगठन प्याब्सन, एनप्याब्सनको कार्यलयमा धर्ना दिनुका साथै देशभरका निजी विद्यालायहरु बन्द गरि कडा आन्दोलन गर्न बध्य हुने बताएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै सामाजिक सुरक्षा कोषका कार्यकरी प्रमुख कपिल मणि ज्ञावालीले निजी विद्यालयहरुलाई सूचीकृत गराउन कोषले निरन्तर पहल भइरहेको जानकारी दिएका छन् ।

यसैगरी उनले दोहोरो कर लगायतका योगदानकर्ताको जायज चासो सम्बोधन गर्ने प्रयास भइरहेको उदृत गदै ढिलो चाडो सबै संस्थाहरु कोषमा सुचिकृत हुनुको बिकल्प नरहेको बताए ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment