काठमाडौं । अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदमुक्त हुनु केही घण्टाअघि उनले राजीनामा दिएका हुन् ।

मन्त्री खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राष्ट्रपतिसमक्ष राजीनामा दिएको बुझिएको छ । खतिवडाले मुख्यसचिव रेग्मीलाई केही समयअघि सिंहदरबारस्थित अर्थमन्त्रालयको आफ्नै कार्यकक्षमा बोलाएर राजीनामा दिएका हुन् ।

आजै राष्ट्रपतिले मन्त्री खतिवडाको राजीनामा स्वीकृत गर्नेछिन्। खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रीका लागि सिफारिस पनि आजै गर्ने बुझिएको छ । भोलि मिर्गौला प्रत्यारोपण गर्न लागेका ओलीले उनलाई आजै मन्त्रीमा सिफारिस गर्ने भएका हुन्।

आजै सिफारिस गरे राष्ट्रपति भण्डारीले भोलि नै उनलाई पदमानियुक्त गर्दै शपथ ग्रहण गराउनेछिन् । संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment