काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि रतनले जुत्ता प्रहार गरेका थिए । तिरूवाले प्रहरीको बयानमा भने, प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको बताएका छन् ।

घटनाको छानविनका लागि प्रहरीले अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिसकेको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment