गोकुल बाँस्कोटा र अन्य मतियरालाई कारबाही गर्न ट्रान्सपरेन्सी इन्टरनेसनलको आग्रह

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन बहालवाला मन्त्री र अन्य मतियारलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । तत्कालीन सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका विषयमा टिप्पणी गर्दै भ्रष्टाचारीमाथि निर्मम कारबाही गर्नसमेत आग्रह गरेको हो ।

विज्ञप्तिमा उल्लेख छ, “भ्रष्टाचार उद्योग प्रकरणमा संग्लग्न तत्कालीन मन्त्रीसहित अन्य मतियारहरुलाई कुनै पनि शक्ति केन्द्रको दबाब र प्रभावमा नपरी निष्पक्ष तथा निर्भिकतापूर्वक यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरुको गम्भीर ध्यानकर्षण गराउछौं ।”

भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने निकाय ट्रान्सपरेन्सी इन्टरनेसनले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले हस्ताक्षर गरेको विज्ञप्तिमा बाँस्कोटा प्रकरणका विषयमा भनिएको छ, “हालै मात्र सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन बहालवाला मन्त्री र दलालबीचमा ७० करोडभन्दा बढी रुपैयाँ कमिसनको नाममा भ्रष्टाचार गर्ने बदनियतबाट बार्गेनिङ भइरहेको श्रव्य सामग्री प्रचारमा आएपछि सुशासन र समृद्धिको नारा दिइरहेको वर्तमान सरकारको विश्वसनीयतामाथि समेत ठूलो प्रश्न चिह्न खडा भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको अति विश्वास प्राप्त मन्त्रीबाटै नेपाली जनताको रगत पसिनाको कमाइबाट संकलित राजस्वको ठूलो रकम दलालसँगको मिलिभगतमा भ्रष्टाचार गर्न लागिएको दुष्प्रयासलाई गम्भीर अपराधको रुपमा लिइनुपर्दछ ।”

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment