सिटिजन्स बैंकले डोल्पाको एक सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले जिल्लाको ठूलीभेरी नगरपालिका दुनैमा अवस्थित सरस्वति माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पचास हजार आर्थिक सहयोग गरेको हो ।

विद्यालयले उक्त रकमबाट हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र/छात्राहरू र महिला फिडर छात्रवासमा आवासिय रूपमा अध्ययन गरिरहेका २० जना छात्राहरुको लागि आवश्यक खाद्यान्न तथा न्यानो ओढ्ने र ओछ्याउने लुगाहरू खरिद गर्नेछ ।

यस्तो सहयोगबाट डोल्पाका विद्यार्थीहरुको जीवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।

यो सहयोगले नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली र सम्वृृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न सहयोग गर्ने बैंकको विश्वास छ ।

बैंकले निकट भविष्यमै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम संचालन गर्नेछ

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment