प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जन्मदिन मनाउन जन्मघर तेह्रथुम पुगेर फर्किएको भोलिपल्ट ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

दुईबीच संविधान संशोधनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएपछि यसबारे चर्चा परिचर्चा भइरहेको छ ।

सेक्युरिटी प्रेस खरिदबारे निवर्तमान सञ्चार मन्त्रीले कमिसन डिल गरेको अडियो सार्वजनिकपछि नेकपा आलोचित बनिरहेको छ । नेकपाका दुई अध्यक्षबीच सोमबार बिहान भएको छलफलमा विविध समसामयिक विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment