राष्ट्रघाती एमसीसीबारे खनाल प्रतिवेदन : नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डताको विरुद्धमा

काठमाडौं । एमसीसी बारे विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउन गठन गरिएको झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसीमा रहेका प्रावधानहरु हुबहू पास गर्दा त्यो राष्ट्रिय हित विरुद्ध हुने भएकोले संशोधनपछि मात्रै एमसीसी लागू गरिनुपर्ने प्रतिवेदन पार्टीलाई बुझाएको छ । खनाल कार्यदलले पार्टी अध्यक्षद्वय प्रचण्ड र केपी ओलीलाई त्यस्तो सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

एमसीसी यथास्थितीमा अनुमोदन भएमा नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता विरुद्ध हुने भएकोले अहिलेकै अवस्थामा ५० करोड अमेरिकी डलरबराबरको उक्त सहयोग सम्झौता कार्यान्वयन नगर्न खनाल कार्यदलले सिफारिस गरेको छ । प्रतिवेदनमा नेपालको कानुनसँग बाझिने गरि गरिएको त्यस्तो सम्झौता प्रस्तुत आधारमा नै पारित हुन नसक्ने हुनाले केही बुदाँहरु सच्चाएर पारित गर्न पनि सुझाइएको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment