अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

संखुवासभाको पाँचखपन नगरपालिका–५ मा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ । अज्ञात समूहको आगजनीबाट बा २ क ३२९३ नम्बरको स्काभेटरमा क्षति पुगेको हो ।

आगजनीबाट स्काभेटरका पाटपुर्जामासमेत क्षति पुगेको ओएसिस इन्जिनिर्यस एण्ड विल्र्डस प्रालिका विपीन न्यौपानेले बताए। ओएसिस इन्जिनिर्यस एण्ड विल्र्डस प्रालिले खाँदबारी–लिङलिङ–चैनपुर सडकखण्डमा काम गरिरहेको छ । ओएसिस एण्ड विल्र्डस प्रालिले निर्माणका लागि पाँचखपन–५ खमारेमा राखेको स्काभेटरमा अज्ञात समूहले मंगलबार राति आगो लगाएका थिए ।

स्काभेटर आगजनीको कसैले जिम्मा लिएको छैन। स्काभेटर आगजनी गर्न समूहको खोजी भइरहेको संखुवासभा प्रहरीले जानकारी दिएका छन् ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment