साउदीले इरानलाई ओआइसीको बैठकमा सहभागी हुन रोक

साउदी अरेबियाले मुस्लिम देशहरुको संगठन (अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन) ओआइसीको बैठकमा इरानलाई सहभागी हुन रोक लगाएको छ ।

ओआइसीको बैठक सोमबार साउदी अरेबियाको जेद्दामा हुँदैछ । समाचार संस्था रोयटर्सका अनुसार साउदी अरेबियाले इरानको प्रतिनिधिमण्डललाई बैठकमा सहभागी हुन रोक लगाएको हो । यो बैठकमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘मध्य–पूर्व शान्ति प्रस्ताव’ माथि छलफल हुँदैछ ।

साउदी अरेबियाले आफ्नो प्रतिनिधिमण्डललाई रोक लगाएको इरानको विदेश मन्त्रालयको भनाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीका अनुसार बैठकमा सहभागी हुने आफ्नो देशका प्रतिनिधिलाई साउदी अरेबियाले भिसा नदिएको हो ।

इरानले यस सम्बन्धमा आफ्नो गुनासो दर्ता गरेको छ । साउदी अरेबियाले ओआइसीमा आफ्नो पदको गलत प्रयोग गरेको आरोप इरानको छ । यस सम्बन्धमा साउदी अरेबियाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment