कतारले आप्रवासी कामदारको लागि न्यूनतम तलव तोक्ने

काठमाडौं– कतारले आप्रवासी कामदारको न्यूनतम तलवमा संशोधन गर्ने भएको छ । कतारको संसद्शुरा काउन्सिलमा त्यस विषयमा छलफल भएको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कतारले आप्रवासी कामदारको न्यूनतम तलव तोक्न त्यहाँको श्रम मन्त्रालय अन्तर्गत ज्याला समिति गठन गर्नेछ ।  उक्त समितिले कतारी मन्त्रिपरिषद्को निर्णय अनुसार आप्रवासी कामदारहरुको न्यूनतम तलव तोक्ने र तोकिएको तलवबारे अध्ययन गर्नेछ । त्यहाँको शुरा काउन्सिलले श्रम कानूनको मस्यौदामा विधायिका मामिला समितिबाट छलफल गराउने बताएको छ ।

शुरा काउन्सिल कतारी संसदको एड्भाइजरी निकाय मानिन्छ । कुनै पनि कानून कार्यान्वयन अघि शुरा काउन्सिलले अनुमोदन गर्ने व्यवस्था रहेको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment