सभामुखमा सापकोटाको एकल उम्मेदवारी, १२ गते भोटिङ नहुने

काठमाण्डौँ– रिक्त सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ।

प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नआएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
नेकपाबाहेक अन्य दलबाट सभामुखका लागि उम्मेदवारी नपरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए ।

सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ। सभामुखमा अग्निविरूद्ध अन्य दलबाट उम्मेदवारी नपरेपछि भोटिङ नहुने भएको छ। अग्निका प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थक देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण, जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध अग्निप्रसाद सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन्।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment