युएई । स्वदेश तथा बिदेशमा सम्पूर्ण नेपालीको ध्यान नेपाल भ्रमण बर्ष २०२० ले खिचिरहेको बेला यसै अवसर गोरखा सेवा समाज युएईले पनि आफ्नो आठौं वार्षिकोत्सबको अवसर पारेर नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुग्नेगर बृहत् बनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
संयुक्त अरब इमिरेट्सको दुबईस्थित मुश्रीफपार्कमा सम्पन्न समाजको वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रममा नेपाली मौलिका पोशाकको साथ, भिजिट नेपाल २०२० अंकित लोगोसहितको टिसर्टमा सहभागी हुनेहरुले वातावारण उल्लासमय बनाएका थिए । कार्यक्रममा गोरखाली र गैर गोरखाली गरी ५०० भन्दा बढीको सहभागीता रहेको थियो ।
गोरखा सेवा समाज, युएईका प्रवक्ता शंकर लामिछानेले संचालन गर्नुभएको उक्त कार्यक्रम गोरखा सेवा समाज युएईका अध्यक्ष प्रकाश बन्जराको सभापतित्व तथा समाजका संरक्षक उत्तम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । यसै गरी कार्यक्रममा विशेष अतिथिको रूपमा “NRNA,ICC” मध्य पुर्व एसिया उप–संयोजक मनोज गोरखाली, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल र भर्खरै सम्पन्न नेपाली समाज युएई निर्वाचनबाट निर्वाचित गोरखा सेवा समाज युएईका संस्थापक सल्लाहकार तथा नेपाल समाज युएईको अध्यक्ष गोबिन्द ढकालज्यूहरू उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन सभापति, प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुबाट संयुक्त रुपमा केक काटेर गरिएको थियो ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि तथा बिशेष अतिथि ज्युहरुले समाजले गर्नु पर्ने सेवामूलक काम र भ्रमण बर्षको सकारात्मक प्रचारको लागि प्रबासको संघ सस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँहरुले यसको लागि आफ्नो तर्फबाट पनि सक्दो साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली स्वादिष्ट परिकार तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष प्रकाश बन्जराले आमन्त्रित प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि, उपस्थित संघ संस्थाका प्रमुख , प्रतिनिधि, बुद्धिजीवीलाई कार्यक्रममा महत्वपूर्ण सहयोग र सहभागिताको लागि धन्यवाद दिनुभयो 

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment