आफ्नै बुबाआमालाई हसिँया प्रहार, बुबाकोे मृत्यु आमा गम्भीर घाइते

आइतबार राति करिब साढे एघार बजेतिर कैलालीको घोडाघोडी नगरपालिका ११, सिसैयाका ५५ वर्षीय उदय रावतले आफ्नै बुबाआमालाई धारिलो हतियार प्रहार गर्दा बुबाकोे मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

प्रहरी कार्यालय कैलालीका अनुसार उदयले घरायसी विवाद हुँदा आफ्ना ७५ वर्षीय बुबा काल्चे रावतलाई हसिँया प्रहार गरी आक्रमण गरेको र काल्चेलाई जोगाउन भनि छुट्याउन गएकी आमा नन्दे रावतलाई पनि उदयले हसिँया प्रहार गरेको हुन्। उदयको आक्रमणबाट काल्चेको घटनास्थलममै मृत्यु भएको हो भने उनकी आमा नन्दे गम्भीर घाइते भई थप उपचारका लागि कोहलपुर लगिएको छ।

बुबाआमालाई हसिँया प्रहार गरी फरार भएका उदयलाई आइतबार राति नै पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment