काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा दिईएको जानकारी अनुसार अबको तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा मोनोरेल सञ्चालनका लागी महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जनाएको छ ।

चक्रपथमा मोनोरेल सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)सँग यसअघि नै सम्झौता गरिसकेका छन् भने सीसीआरसीले सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन महानगरपालिकालाई बुझाइ जनाईएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment