अन्यौलमा नेकपाको प्रवक्ता

अहिले नेपाल कम्युनिष्ट पार्टि (नेकपा) एयिककरणको अन्तिम चरणमा छ । पार्टिको पदिय जिम्मेवारीको बहस अहिले चलिरहेको छ । अहिले सम्म नेकपाले गरेका सबै जानकारहिरुलाई सञ्चारकर्मिमाझ नारायणकाजी श्रेष्ठ –प्रकाश)ले नै सार्वजनिक गर्दै आएका छन् ।नेकपा एमाले र माओबादी केन्द्रविच एकता हुँदा सचिवालयले श्रेष्ठलाई नै पार्टिको प्रवक्त तोकेको थियो । तर, श्रेष्ठ र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली विच सामान्य विवादपछि श्रेष्ठले पार्टि प्रवक्ताबाट भने राजीनामा दिएका थिए ।

करिब एक महिना अघि नै राजिनामा दिईसकेका श्रेष्ठ पछि कसलाई पार्टि अध्उक्ष बनाउने भन्नेबारेमा भने हाल सम्म पार्टिले कुनैपनि किसिमको निर्णय गरेको छैन् । अहिले पनि पार्टिका सबै गतिविधिहरु बारेमा जानकारी दिदै आएका छन् । उनले आफु पार्टिको सदस्य भएका कारण जानकारी दिने गरेको बताउदै आएका छन् ।
अध्यक्ष ओली र श्रेष्ठविच विवाद भएको पनि करिब एक महिना वित्न लाग्यो । उनले गएको राजिनामा दिँदा पहिलो पटक गएको साउन २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले गरेका निर्णयहरुलाई पनि सार्वजनिक गरेका थिए ।

 

यस्तै सोमबारको नेकपाको सचिवालयले गरेका निर्णयहरु पनि श्रेष्ठले नै सार्वजनिक गरेका थिए । तर, श्रेष्ठले गएको साउन ७ गते नै प्रवक्ताबाट राजीनामा दिएको बताएका श्रेष्ठले यसपछि बसेका सबै बैठकका निर्णयहरु आफैले पत्रकारमाझ सार्वजनिक गर्दै आउनुभएको छ ।

बैठक लगत्तै बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ताको रहन्छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु पनि मन्त्रिपरिषदका प्रवक्ताले सार्वजनिक गर्ने चलन छ । अन्य पार्टीको चलन पनि बैठकमा भएका निर्णयहरुको जानकारी प्रवक्ताले दिने भन्ने छ । तत्कालीन एमाले र माओवादी केन्द्र बीचको एकतापछि श्रेष्ठलाई सचिवालय सदस्य तथा पार्टीको प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

गएको साउन ७ गते प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको विवादपछि श्रेष्ठले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिईसकेका थिए । हाल सम्मपनि लगातार बैठकका निर्णयहरु श्रेष्ठले नै सार्वजनिक गर्दै आएकाले धेरैलाई उनको राजीनामा फिर्ता भएको भन्ने लागेको छ ।

तर राजीनामाका सन्दर्भमा पार्टीले अहिलेसम्म निर्णय लिइनसकेको र अहिले सचिवालय सदस्यको नाताले मात्रै बैठकका निर्णयहरु आफूले सार्वजनिक गर्दै आएको श्रेष्ठले बताए ।

‘बैठकमा भएका निर्णयहरु मैले सचिवालय सदस्यको नाताले मात्रै सञ्चारकर्मीहरुलाई जानकारी गराएको हुँ,’ उनले भने, ‘प्रवक्ताको हैसियतले होइन ।’

सकेसम्म श्रेष्ठलाई फकाएर पुनः प्रवक्ताकै कार्यभारको जिम्मा लगाउन पार्टी अध्यक्ष द्वय ओली र पुष्पकमल दाहालले खोजेको देखिन्छ । तर श्रेष्ठ भने सो जिम्मेवारीमा नफर्कने आडानमा छन् ।

श्रेष्ठले स्वतन्त्रपूर्वक एउटा सचिवालय सदस्यको हैसियतमा पार्टीको काम कारबाहीमा संलग्न हुन आफूले राजीनामा दिएको प्रष्ट पारे ।

फेरि उही जिम्मेवारीमा फर्कने आफ्नो कुनै योजना नरहेको र पार्टी अध्यक्षहरुलाई पनि त्यही जानकारी दिसकेको उहाँले बताउनुभयो । तर पार्टीले यसबारेमा निर्णय गर्न भने किन ढिलाई गरेको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाई छ ।

देशकै ठूलो पार्टी एक महिनासम्म प्रवक्ताविहीन हुँदा पार्टीले गरिरहेको काम कारबाही र उसको गतिविधि बुझ्न सञ्चारकर्मी र पार्टीका कतिपय नेताहरुलाई नै सकस भएको छ ।

प्रवक्ताले राजीनामा दिएको एक महिना हुन लाग्दा पनि पार्टीले किन केही निर्णय गर्न नसकेको भनेर महासचिव विष्णु पौडेललाई सोध्दा उनले यसबारेमा आफूले केही बताउन नसक्ने जवाफ दिए । ‘अहिले म यसबारेमा बताउन सक्दिन,’ उनले भने्, ‘पछि नै यसबारेमा तपाईँहरुले थाहा पाउनुहुने छ ।’

पार्टीले श्रेष्ठलाई अझै पनि प्रवक्ताकै जिम्मेवारीमा राखि राख्न चाहेको छ । तर पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुग्न भने सकेको छैन । साउन ७ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीसँग भनाभन भएपछि श्रेष्ठले राजीनामा दिएका थिए ।

श्रेष्ठले ‘तपाईहरुको प्रवक्ता तपाईँहरु नै राख्नोस’ भन्दै त्यतिबेलै बैठकमै लिखित राजीनामा बुझाएर बाहिरिएका थिए । अनसनमा बसेका डा. गोविन्द केसी गएको भन्दै श्रेष्ठसँग ओलीलगायत नेकपाका शीर्ष नेताहरुले असन्तुष्टि जनाएका थिए ।

प्रवक्ता श्रेष्ठको राजीनामाको विषयमा नेकपाको स्थायी समितिको बैठकमा पनि कुरा उठ्ने निश्चित छ । समासमयिक विषय, पार्टीका आगामी कार्यक्रम र संगठन विस्तार, र सरकारलाई थप प्रभावकारी बनाउन भन्दै यही भदौ १९ र २० गतेदेखि नेकपाको स्थायी समितिको बैठक बस्दै छ ।

यही भदौ १४ र १५ गते दुई दिनसम्म चल्ने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास ९बिम्स्टेक०को बैठकलाई लक्षित गर्दै शुक्रबारदेखि बस्ने भनेको नेकपाको सचिवालय बैठक १९ र २० गतेका लागि सारिएको हो ।

राजीनामाको विषयमा पार्टी अनियर्णयको बन्दीमा पर्नुले कार्यकर्तामाझ राम्रो सन्देश नगएको नेकपाकै सदस्यहरु बताउँछन् ।

 

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment