सहकारीलाई कृषिमा केन्द्रित कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले कृषि केन्द्रित कार्यक्रमहरुलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा भएको अन्तृक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन ।

देशको दुईतिहाई भन्दा बढि जनसंख्या कृषिमा आपद्ध भएको भन्दै प्रधानमन्त्री ओलीले कृषि  केन्द्रीत कार्यक्रमहरुलाई  प्रोत्साहन दिन जरुरी रहेको बताए । देशलाई कृषि आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने भएकाले कृषि विकाश तर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको उनले बताएका थिए ।

‘सहकारीले कृषिमा आधुनिकीकरणका लागि खेती प्रणालीलाई ठूला(ठूला प्लटमा लैजानुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सहकारीहरु ऋण तथा बचतमा मात्र केन्द्रित हुुन नहुने बताए । ‘सहकारीहरुले उपभोग्य वस्तु, निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।

किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहन गर्नका लागि सहकरीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनुपर्ने र त्यसका लागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment