नवलपरासीमा दुर्घटनामापरि २ जनाको मृत्यु

नवलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  दुर्घटना जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-१ बेसक्याम्प चोक दुम्किबासमा भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९७ ५९ नम्बरको बलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २० प ५१७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा प्युठान जिल्लाको लिवाङ -८ निवासी ३२ वर्षीय जगतबहादुर परियार र मोटरसाइकल पछाडि सवार सोही ठाउँकै १० वर्षीय बालक विवेक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जगतबहादुर र विवेक मामा भान्जा रहेका छन् ।
ठक्कर दिने गाडी र त्यसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छानविन अगाडि बढाएको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment