मेरो बारेमा गलत प्रचार भयोः ‘शंकराचार्य’ गिरी

विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रममा रोक लगाईएपछि आफु विरुद्ध गलत प्रचार भएको उनले बताएकी छिन् । आफुलाई अखिल भारत विद्धता परिषद्ले पशुपति मठको शंकरचार्य घोषणा दावि गर्दै आएकी संकराचार्य गिरीको यहि भदौ ८ मा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम रोकिएपछि उनले यस्तो बताएकी हुन ।

यस्तै गिरीले सोहि विषयमा आफ्नो प्रतिक्रिया दिदै केही गलत मानसिकता भएका कथा वाचकहरुले गलत प्रचार गरेर आफ्नो बदनाम गर्न खोजेको उनले आरोप लगाएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो बारेमा गलत प्रचार गरेर सरकारलाई भम्रमा पार्न खोजियो’ यसरी ‘गलत सूचना र भम्रलाई सरकारले पनि पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment