सभामुख-उपसभामुख अझै एकै दलको

संविधानले सभामुख र उपसभामुख फरक फरक पार्टिको हुनपर्ने व्यवस्था गरेको छ । तर, करिब एक महिना वितिसक्दा पनि नेकपाका पूर्वनेताहरु नै हालसम्म सभामुख र उपसभामुख रहेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

पत्रिकाले ‘सभामुख-उपसभामुख अझै एकै दलको’ शीर्षकमा उक्त समाचार छापेको हो । समाचारमा भनिएको छ, ‘एक महिना बढी भइसक्यो, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा प्रदेश नम्बर २ बाहेक बाँकी ६ वटा प्रदेशसभाका सभामुख र उपसभामुख एउटै दलका छन् ।’

संविधानको धारा ९१ (२) प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक(फरक दलको प्रतिनिधि हुनुपर्ने प्रावधानलाई कान्तिपुरले स्मरण गराएको छ । साथै प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ (२) ले प्रदेशसभाको सभामुख वा उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने भनेको कुरालाई समाचारमा समेटिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यस विषयमा विगतमा कुरा उठाउँदै आएको थियो । तर, नेकपाका नेताहरुले भने सभामुख उपसभामुख बनेकाहरुले दल त्याग गरिसकेकाले कुनै दल विशेषको नभएको तर्क दिँदै आएका छन् ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment