को को बाहिरिए नेपाल आइडलको गाला राउन्ड बाट ?

काठमाडौँ असार,२४ – एपी वान टिभीबाट प्रसारण भइरहेको नेपाल आइडलको गाला राउन्ड अन्तर्गत एलिमिनेसनबाट एक प्रतियोगी बाहिरिएका छन्।

गाला राउन्ड अन्तर्गत बिहीबार भएको एकल प्रस्तुतिका आधारमा दर्शकहरुले गरिएको भोटको आधारमा शुक्रबारको कार्यक्रमबाट एक प्रतियोगी बाहिरिएपछि अब ११ प्रतियोगी बाँकी रहेका छन्।

बिहीबार रातिदेखि शुक्रबार मध्याह्न १२ बजेसम्म दर्शकबाट प्राप्त भोटका आधारमा सबैभन्दा कम भोट पाउने सन्ध्या जोशी, प्रताप दास, मेनुका पौडेल र राहुल विश्वास डेन्जर जोनमा परेका थिए।

जजहरुले निकै रुचाएका र बिहीबारको कार्यक्रममा पर्फमेन्स अफ दि डेसमेत घोषित भएका प्रताप दास डेन्जर जोनमा परेपछि कस्तो लागिरहेको छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यो कम्पिटिसन हो, एक जना मात्र जित्ने हो।’

मेनुकाले पनि कम भोट पाएर बाहिरिए पनि हाँसी हाँसी बाहिरिने बताइन्।

एलिमिनेसनको परिणाम कार्यक्रमको अन्तिममा घोषणा गरिएको थियो। कम भोट पाउने चार मध्ये सबैभन्दा कम भोट पाउने राहुल विश्वास प्रतियोगिताबाट आउट भए।

राहुललाई जज कालिप्रसाद बाँस्कोटाले आफ्नो गुडलकका रुपमा रहेको माला दिँदै भने, ‘मेरो कम्पोजिसनमा गीत नगाएसम्म यो राहुलसँगै रहनेछ।’

भावुक भएका राहुलले भने, ‘एउटा प्रमिस म यहाँबाट निस्केर गर्न चाहन्छु- आइम गन्ना रक।’

नेपालगन्ज घर भएका २१ वर्षीय राहुलले काठमाडौँबाट अडिसन दिएका थिए। उनले करनराज कार्कीसँग शास्त्रीय संगीत सिकेका छन्।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment