सईको कुर्सी पूर्वआईजीपीद्धारा कब्जा

काठमाडौं, असार १३ – डिल्लीबजार जेलमा यतिबेला भिआईपी कैदीहरु छन् । भिआईपी कैदी आएपछि जेलमा रमाइलो हुनुपर्ने हो । तर, डिल्लीबजार जेलमा भीआईपी कैदिहरु छिरेपछि प्रहरीको भने दुःख सुरु भएको छ ।

गत मंगलबारसम्म नेपाल प्रहरीका पूर्वआइजीपीहरु ओमविक्रम राणा र हेम गुरुङ पीएसओ लिएर सानका साथक हिड्थे । घरमा समेत प्रहरीकै नोकर चाकर राखेर बसेका थिए । बुधबारबाट उनीहरु डिल्लीबजारस्थित जेलको छिंडीमा पुगेका छन् ।

जेलमा उनीहरुलाई राम्रोसँग सुत्ने कोठा समेत छैन, जसको कारण पुत्कालय कक्षको भुइँमा ओछ्यान लगाएर सुतेका छन् । आलिसान महलमा बस्दै आएका उनीहरु झ्यालसमेत नभएको अँध्यारो कोठामा बस्न बाध्य छन् । भ्रष्टाचारी ठहर भएर जेल पुगे पनि उनीहरुके मानसिकता भने फेरिएको छैन ।

जेलभित्र पुगेपछि उनीहरु सामान्य कैदीको हैसियतमा बस्न भने तयार छैनन् । उनीहरुले जेलको नियम नियम नमानेपछि डिल्लीबजार जेलमा झगडा सुरु भएको छ । पूर्वआईजीपी भएका उनीहरुले जेलभित्र प्रहरीको कुर्सीसमेत कब्जा गरेका छन् । जेलको प्रांगणमा प्रहरीको इन्चार्ज बस्ने कुर्सी राखिएको थियो । त्यो कुर्सी कब्जा गर्न पूर्वआइजीपी राण र गुरुङबिच समेत तँछाडमछाड चल्ने गरेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment