देउवा क्याबिनेटमा आरजुको हस्तक्षेप बढ्यो, सल्लाहकार बन्न आरजुकै आशिर्वाद

काठमाडौं, असार १३ – प्रधानमन्त्री भएको १५ दिन बितिसक्दा पनि शेरबहादुर देउवाले सल्लाहकार नियुक्त गर्न सकेका छैनन् । स्वकिय सचिवको रुपमा उनका भतिजा भानु देउवाले काम गर्दै आए पनि उनले पनि नियुक्ती पाएका छैनन् ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार, परराष्ट्र सल्लाहकारदेखि राजनीतिक र प्रशासनिक सल्लाहकारका लागि आरजु देउवाकै आर्शीवाद लिन जानेहरुको पनि ताँती लागेको छ ।

बहाना स्थानीय तहको चुनाव भने पनि पत्नी आरजुकै कारण प्रधानमन्त्रीले सल्लाहकार र सहयोगी नियुक्ति गर्न नसकेको स्रोतले बताएको छ । आरजुकै हस्तक्षेपका कारण देउवाले सहयोगी टीम नियुक्ति गर्न नसकेको स्रोतले बतायो । आरजुकै हस्तक्षेपका कारण देउवाले सहयोगी टीम नियुक्ति गर्न सकेका छैनन् ।

हरेक मन्त्रालयका सूचना आफूलाई दिने विश्वासपात्रलाई मात्र आरजुले प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्न चाहेको कारण प्रधानमन्त्री नियुक्ति भएको १५ दिनसम्म पनि कुनै पदमा नियुक्ति हुन नसकेको कांग्रेसकै एक नेताले दृष्टिलाई बताए ।

मन्त्री र राज्यमन्त्री बन्न समेत आरजुकोमा रकम कबोल्नेहरुको ताँती नै लागेको छ । इन्द्र बानियाँ, दीपक खड्काहरु मन्त्री बन्नका लागि करोडौंको अफर गर्दै धाइरहेका छन् । ललितपुर २ का सांसद चन्द्र महर्जनले राज्यमन्त्रीका लागि ५ करोड रुपैयाँसम्म नै खर्च गर्न तयार रहेको सन्देश बिचौलियामार्फत आरजुकोमा पुर्याएको चर्चा कांग्रेस वृत्तमा छ । दृष्टि साप्ताहिकमा खबर छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment