रामचन्द्र सेलाएपछि देउवाविरुद्ध शेखर कोइराला

काठमाडौं, असार १२ – पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पालनबाट आजित बनेका नेपाली कांग्रेसका नेताहरुले देउवाको मनोपली रोक्नेबारे पार्टीभित्र गम्भीर छलफल थोको छ ।

सभापति देउवालाई रामचन्द्र पौडेलले टक्कर दिन नसेकेको निष्कर्ष निकालल्दै उनको सशक्त प्रतिवाद गर्न सक्ने खेलाडी अघि सार्नेबारे कांग्रेसभित्र बाक्लो छलफल सुरु भएको हो । सुशील कोइरालाको निधनपछि देउवालाई टक्कर दिन रामचन्द्र सम्मुख देखिए पनि उनी निम्छरो देखिएको, खुट्ट कमाएको अधिकांशको निष्कर्ष छ । स्रोतका अनुसार, रामचन्द्रको विकल्पको रुपमा नयाँ अनुहार मैदानमा खडा गर्नुपर्ने देउवाकै सहयोगी रहेका खुुमबहादुर खड्का, डा रामशरण महतलगायतका नेताबीच केही चरणको छलफल नै भएको थियो ।

स्रोतका अनुसार रामचन्द्र पौडेलले आफ्नो समूहको सशक्त नेतृत्वका लागि खुट्टा कमाउन थालेपछि कोइराला परिवार भित्रैबाट देउवाको प्रतिस्पर्धी खडा गर्नुपर्ने आवाज बुलन्द बन्दै गएको छ । कांग्रेु महाधिवेशनमा अत्याधिक लोकप्रिय मत ल्याएर विजयी भएका डा. शेखर काइरालालाई अगाडि सारेर जाँदा देउवालाई ठेगान लगाउन सजिलो हुने भन्दै पार्टीभित्रका केन्द्रीय नेता, सांसद तथा कार्यकर्ताहरुले दबाब बढाउँदै लगेका छन् ।

कांग्रेस स्रोतका अनुसार, शेखरलाई देउवाको प्रतिस्पर्धीका रुपमा खडा गर्ने विषयमा स्वयं खुमबहादुर खड्का नै सकारात्मक देखिएका छन् । नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, रामशरण महत, प्रकाशमान सिंह लगायत अधिकांश नेतालाई दबाब नै दिन थालिएको छ । शेखरलाई अघि सार्न यतिबेला कांग्रेसका सांसद केन्द्रीय सदस्य, जिल्ला सभापति, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि प्राध्यापकलगायतले दबाब दिएपछि शेखरमाथि नेतृत्व लिन दबाब परेको छ ।

यस्तो दबाब परेसँगै कांग्रेसमा कोइराला परिवारभित्रका शेखरको उदयको सम्भावना बलियो बनेर गएको कांग्रेसवृत्तमा चर्चा छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment