च्याम्पियन्स ट्रफी क्रिकेटमा इंग्ल्याण्ड विजयी, बंगलादेश ८ विकेटले पराजित

काठमाडौं, जेठ १९ – च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।

गएराति लण्डनको द ओभल मैदानमा भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो ।

बंगलादेशले दिएको ३ सय ६ रनको लक्ष्य घरेलु टोलीले १६ बल खेल्न बाँकी छँदा पुरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले एकदिवसीय क्रिकेटमा आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा अविजित १ सय ३३ रनको इनिङ खेले । यसैगरी अलेक्स हेल्सले ९५ रन तथा ईओन मोर्गानले अविजित ७५ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन जोडेको थियो । बंगलादेशका लागि तमिम इकबालले १ सय २८ रन जोडेका थिए ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्नेछन् ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment