यस्ता थिए बाल्यकालमा सलमान खान

बलिउड, जेठ १५ – जब सलमान खान ग्वालिएरको सिंधिया स्ुकलमा पढ्थे उनको छुट्टी मनाउने मनपर्ने स्थान इन्दोर रहेको थियो । सलमान खानको धेरै जसो समय साइकल चलाउनमा व्यस्त थिए । साथीहरुसँग मिलेर आँप झार्ने जामुन खसाल्ने जस्ता काम उनले बाल्यकालमा धेरै गरे । सलमान खानसँग सम्बन्धित किस्साहरु धेरै नै रहेका छन् । आउनुहोस् हेरौ केही यस्तै रोचक तथ्यहरु

जब सलमान खानलाई पौडी खेल्न सिक्नका लागि बाधेर कुवाँमा फालियो
सलमान खानका नजिकका रिलेटिभ्सका अनुसार सानोमा पानीदेखी सलमान निकै डराउँथे । एकदिन उनको ठुलो आमाले सलमान खानलाई रस्सीले बाधेर छिमेकीको कुवाँमा फालिदिए । यो सलमान खानका लागि पौडीको पहिलो शिक्षा थियो । यस पश्चात सलमान खान निरन्तर कुवाँमा तैरिन जाने गर्थे ।

इन्दोरको सडकमा स्कुटर चलाउँथे सलमान
सलमान खानको स्कुलको शिक्षा धेरै स्कुलबाट लिए पनि इन्दोरको सडकमा स्कुटर चलाउन भने उनी आइनै रहे । सलमान खानलाई साझँपख इन्दोरको सडकमा साइकल र स्कुटर चलाउन धेरै नै मनपथ्र्यो । इन्दोरमा नै सलमान खानले घोडागाडी चलाउन पनि सिके ।

सलमान खानको हात भाँचिएको थियो
सलमान खानका कजिन मतिन खानका अनुसार बाल्यकाल र युवा अवस्था निकै रमाइलो गरेर बिताएका थिए । सलमानले आसपासमा रहेका गाउँमा जीप जो भएका कारण धुलोले भरिएको बाटोमा बाइक स्टन्टे गर्थे । यस्तैमा रेसिंङ स्टन्ट गर्दा सलमान खानको हात भाचिएको थियो ।
सलमान खानका अंकल नईम खानका अनुसार सलमान खान बाल्यकालमा निकै घमण्डी र चुलबुले खालका थिए । उनका अनुसार सलमानले एकपटक कुनै कुरा लियो भने अरुको कुरा सुदैन्थे । १२ वर्षको उमेरमा सलमान सिडीमा साइकल चलाउने तथा व्यालेन्स गरेर साइकलिङ स्टन्ट गर्ने काम गर्थे ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment