गत वर्ष नेपालमा आएको विनाशकारी भूकम्पले गर्दा खस्किदै गएको पर्यटन क्षेत्रलाई मध्य नजर गर्दै विभिन्न कार्यक्रमहरु भैरहेको अवस्थामा स्ेपनको बार्सिलोनास्थित टिबीदाबुमा नेपाल प्रबद्र्धनका लागि स्पेनमा नेपाल ईज सेफ टु भिजिट, वुई निड मोर देन ईभर भन्दै बिशेष कार्यक्रम हुने भएको छ । बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा आगामी जुलाई २ र ३ तारिख कार्यक्रम हुने भएको छ ।
स्पेन स्थित सम्पूर्ण नेपाली संघ सँस्था लगायत नेपाली कन्सुलरको बिशेष पहलमा, डाँडामा रहेको पार्कले कार्यक्रमका लागि समय र ठाउँ उपलब्ध गराएको छ । नेपाली पहिचानलाई बिभिन्न माध्यमबाट प्रस्तुत गरिने नेपाल प्रबद्दन बिशेष महोत्सव दुई दिन सम्म चल्ने छ ।
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीले स्पेन स्थित सम्पूर्ण संघ संस्थाहरुलाई छलफलका लागि बैठक आह्वाबान गरेका थिए । एनआरएनए स्पेनको कार्यलयमा बसेको बैठकमा संघका अध्यक्ष मुक्त बहादुर गुरुङ,निबर्तमान आईसीसी सदस्य दीपक खरेल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
गत बर्ष भने, नेपाल प्रतिको ऐक्यबद्दता (सोलीडारीदाद फर नेपाल) भन्ने मूल उद्घोषकका साथ बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा एक दिने महोत्सव सम्पन्न भएको थियो ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment