अखिल नेपाल  खेलकुद महासंघबाट युवराज लामाले राजीनामा दिए

इन्चार्जको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष युवराज लामाले पदबाट राजीनामा दिएका छन् ।
महासंघका फ्याक्सन इन्चार्ज लीलाबहादुर थापासँग अुन्तुष्ट देखिएका लामाले प्रक्रियागत बेमेलका कारण लामाले राजीनामा दिएको बताएका छन् । अध्यक्ष लामाले भने ‘खेलकुद महासंघको सम्पूर्ण काम कारबाही फ्याक्सन कमिटीले नै हेर्ने भएपछि मैले पदमा बसिरहन उचित देखिन ।’ तर उनको राजीनामा स्वीकृत भएको छैन । राजीनामा स्वीकृतिका लागि महासंघको बैठक बस्नुपर्नेहुन्छ या अध्यक्ष प्रचण्डले स्वीकृत गर्नुपर्ने बिधानमा व्यवस्था छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment