रियल मड्रिडको बार्सिलोनामाथि दबावमा स्थिरता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेका तीन क्लब बार्सिलोना, रियल मड्रिड तथा एथलेटिक मड्रिडको आइतबार साँझ भएको खेलमा बार्सिलोना र रियल मड्रिड विजयी तथा एथलेटिक मड्रिडको पराजित भएका छन् ।
ऊक्त खेलमा बार्सिलोनाले स्पानियोलमाथि ५–० को पराकिलो अन्तरसहित जित हात पारेको छ । साथै अर्को खेलमा क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले भ्यालेन्सियामाथि ३–२ को संघर्षपूर्ण जित हात पारेको छ । एथलेटिको मड्रिड भने लेभान्टेसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले आठौं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो र बाँकी चार गोल भने दोस्रो हाफमा लुइस स्वारेज, राफिन्हा र नेयमारले क्रमशः दुई र एक एक गोल गरे ।

रियल मड्रिडले भने २६ औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । ४२ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे । तर, ५५ औं मिनेटमा भ्यालेन्सियाका रोड्रिगोेले गोल गर्दै रियलको अग्रता २–१मा झारे ।

५९ औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गरे । ८१ औं मिनेटमा भ्यालेन्सियाका जोमेसले गोल गर्दै टीमर्ला खेलमा फर्काउने संकेत दिए । तर, ८३ औं मिनेटमा रोड्रिगोे रातो कार्ड पाएर मैदानबाट बाहिरिए र रियल मड्रिड विजयी भएको छ ।

जितपछि बार्सिलोनाको ३७ खेलबाट ८८ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ८७ अंक छ । दुवैको एक एक खेल मात्र बाँकी रहेको अवस्थामा बार्सिलोनाले उपाधि चुम्न बाँकी खेल जित्नै पर्ने हुन्छ भने रियल मड्रिडलाई उपाधि चुम्न भने बार्सिलोनाको हार र आफ्नो जितको आवश्यकता छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment