इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राइजिङ पुणे सुपरजाइन्ट्सले महत्वपूर्ण जित हात पारेको छ ।
पछिल्लो दुई सातामा चार खेलाडी घाइते भएको पुणे आठ मध्ये ६ खेलमा हार व्यहोर्दै पुछारमा थियो । तर, फिरोज शाह कोटलामा अजिन्क्या रहाणे, रजित भाटिया र उस्मान खवाजाको मदतमा दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गरेको छ ।
१६३ रनको लक्ष्य पछ्याएको पुणेले अन्तिम ५ बल बाँकी छँदा ३ विकेट गुमाएर १६६ रन बनायो । उसका लागि रहाणेले अविजित ६३ रन बनाए । ४८ बलको सामना गरेकाउनले ७ चौका हानेका थिए । खवाजाले ३० रन बनाए । कप्तान एमएस धोनी २७ रनमा आउट भए ।
सअघि पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । उसका लागि जेपी डूमिनीले ३४ रन बनाए ।
जितसँगै पुणे ९ खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ । ८ खेलबाट १० अंक जोडेको दिल्ली तेस्रो स्थानमा कायमै छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment