सहाना प्रधानको निधन

काठमाडौं, आस्विन ७ । एमाले नेतृ सहाना प्रधानको निधन भएको छ । ८७ वर्षिय सहानाको सोमबार राति ११ बजे उपचारकै क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।श्रद्धाञ्जली दिन उनको पार्थिव शरीर अहिले ८ बजेबाट पार्टी कार्यालय बल्खुमा राखिएको छ । श्रद्धाञ्जली दिन एमालेसहित अन्य दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ । उनको आजै शवयात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । तीन वर्षदेखि नसाको समस्याबाट पीडित सहाना लामो समयदेखि बोल्न समेत सकेकी थिइनन् । केही समय तत्कालीन बर्मामा बितेको थियो । उनले २००३ सालतिर दशमै पहिलो पल्ट महिला शिक्षा र मतदान अधिकारका लागि आवाज उठाएकी थिइन् । २००४ सालमा महिला संघ स्थापना गरी उनी राजनीतिमा होमीएकी थिइन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी पत्नी सहाना२०४६ संयुक्त वाममोर्चाको अध्यक्ष पनि थिइन् । २०१५ सालमा पुष्पलालको पक्षमा प्रचार गर्दै हिडेकी प्रधान २०१७ सालको राजनीतिक काण्डपछि पढाइतिरै फर्केकी थिइन् । २०१८ सालमा पुष्पलाल निर्वासनमा गएपछि उनी अध्यापनमा लागेकी थिइन ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment