काठमाडौं, असोज ६–छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि आमरण अनसनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको आज निधन भएको छ ।

उहाँ २०७१ कार्तिक ७ गते बिहान ११ बजेदेखि निरन्तर अनसनमा हुनुहुन्थ्यो । अनसन तोडन नमानेपछि उहाँलाई वीरअस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएर पनि उहाँले अनसन तोड्नु भएको थिएन । उहाँकी श्रीमती गंगामायाको भने अहिले पनि वीर अस्पतालमा नै उपचार भइरहेको छ ।
उहाँहरुका छोरा कृष्णप्रसाद अधिकारीको २०६१ सालको भदौमा चितवनमा हत्या भएको थियो । उहाँहरु छोराको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसनमा हुनुहुन्थ्यो ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment