
काठमाडौं,भदौ २७ डन चरीको मृत्य्ृपछि बिबादस्पद बनेकी खुश्बु ओली बेलाएत पुगेकी छिन् । आफ्नो समाचार लेख्दा पत्रकार बिक्ने भएका कारण आफुमाथि पत्रकारहरु खनिएको बताएकी खश्बुले पत्रकार र प्रहरीलाई नै चुनौति दिएकी थिइन् ।खुश्बु डन चरीका प्रमिका भएको कारण प्रहरीले उनलाई उच्च निगरानीमा राखेको थियो । उनले आफु नडराउने भन्दै बिबादस्पद आक्रोस व्यक्त गरेकी थिईन् ।प्रहरीले निगरानीमा राखेपछि उनलाई बिदेशजान समेत रोक लगाएको थियो ।