
१९ भदौ, काठमडौं । इन्टरनेशनल डेभलपमेन्ट बैंकले छैठौं वर्ष प्रवेश गरेको अवसरमा १० लाख रुपैयाँसम्म कर्जा सहज रुपमा प्रदान गर्ने योजना ल्याएको छ । ‘वित्तीय पहुँच कर्जा’ नामक योजनामा असल ऋणीलाई एक वर्षमा १० हजार रुपैयाँसम्म व्याज छुट समेत दिने बैंकले जनाएको छ ।
बैंकले २०६६ साल भदौ १९ गतेदेखि राष्ट्रियस्तरको विकास बैङ्कको रुपमा वित्तीय कारोबार गर्दै आएको छ । यस अवधिमा बैंकले नेपालभर १४ वटा शाखा कार्यालय र १३ वटा एटीएमार्फत ४४ हजार ग्राहकलाई बैंकिङ्ग कारोबार प्रदान गर्दै आएको छ ।
बैङ्कले २०७१ असार मसान्तसम्ममा ३ अर्व ५४ करोडको रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले १० करोड ३७ लाख रुपैयाँ नाफ कमाएको छ ।